नाबालिकालाई बन्धक बनाएर दुष्कर्म गर्ने आरोपी पक्राउ
पुलिस गिरफ्त में आरोपित


हरिद्वार, 11 अक्टोबर (हि.स.)। पुलिसले नाबालिकालाई अपहरण तथा दुष्कर्ण गरेको ममिलामा सूचीबद्ध अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले नाबालिकालाई पनि सकुशल उद्धार गरेको छ। अभियुक्तको पहिचान अङ्कुश, पुत्र राधेलाल, निवासी खेडी शिकोहपुर, थाना भगवानपुर, हरिद्वारको रूपमा भएको छ।

पुलिस अनुसार वादीले आफ्नो नाबालिक छोरीलाई फकाई-फुस्लाई अपहरण गरेको आरोप लगाउँदै अङ्कुशविरूद्ध सिकायत दर्ता गरेको थियो। यस सम्बन्धमा गत 7 अक्टोबरमा कोतवाली भगवानपुरमा मुद्दा दर्ता गरिएको थियो। मामिलामा दुष्कर्म गरेको आरोप पनि लगाइएको छ।

मामिलाको गम्भीरतालाई ध्यानमा राख्दै वरिष्ठ पुलिस अधीक्षकले प्रभारी निरीक्षक भगवानपुरलाई अभियुक्तलाई पक्राउ अनि नाबालिकालाई उद्धार गर्ने निर्देश दिए। त्यसपछि पुलिसका धेरै वटा टीम गठन गरी खोज्न शुरू गरियो। पुलिसले सुराकी तन्त्रलाई सक्रिय बनाउनको साथै सीसीटीभी फुटेजलाई खङ्गोल्दै इलेक्ट्रोनिक प्रमाणको आधारमा सम्भावित लुकेका ठाउँहरूमा छापामारी गर्न शुरू गऱ्यो।

निरन्तर प्रयासपछि अक्टोबर 11 मा पुलिसले अभियुक्त अङ्कुशलाई कोतवाली गङ्गनहर क्षेत्रको सालियार अण्डरपास नजिकैबाट पक्राउ गऱ्यो। यसैबीच किशोरीलाई पनि सुरक्षित रूपमा उद्धार गरियो। पुलिस अनुसार आरोपहरूविरूद्ध कानुनी कारबाही गर्दै अभियुक्तलाई चलान गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande