
अमृतसर, 12 अक्टोबर (हि.स.)। श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गए आइतवार अबेर राती संदिग्ध ड्रोन गतिविधि देखिएपछि हवाई सेवाहरू प्रभावित भयो। सुरक्षा कारणहरूले गर्दा आउने तीनवटा उड़ानहरूलाई डाइभर्ट वा वा फर्काउनु पऱ्यो।
रिपोर्ट अनुसार राती 9ः30 बजेतिर केन्द्रिय औद्योगिक सुरक्षा बलका ज वानहरूले विमानस्थल परिसरको वरपर हवाई क्षेत्रमा दुई-तीनवटा सन्दिग्ध ड्रोनहरूलाई देखे। यसको सूचना तुरुन्तै कन्ट्रोल रूमलाई दिइयो, त्यसपछि सुरक्षा व्यवस्थाको समीक्षा गर्दै सतर्कताको फ्लाइट अपरेशनलाई स्थगित गरियो।
दिल्लीबाट अमृतसर जाने एयर इण्डियाको उडान एआई.-855 लाई दिल्लीतिरै फर्काइयो। मुम्बईबाट आउने इण्डिगोको उडान 6ई-5028 लाई चण्डीगढ तर्फ फर्काइयो भने क्वालालम्पुरबाट आएको मलेसशिया एयरलाइन्सको उडान एमएच-118 दिल्ली तर्फ फर्काइयो।
एयरपोर्ट डाइरेक्टर अनिरुद्ध कुमार शर्माले बताए, सुरक्षाकर्मीहरूले ड्रोन गतिविधिको सूचना दिएपछि सावधानीको रूपमा उडानहरूलाई डाइभर्ट गरियो। राती 10ः30 बजेपछि स्थिति सामान्य भयो र उडान सञ्चालन पुनः शुरु भयो। यो घटना गत सेप्टेम्बर महिनामा एयरपोर्ट नजिकै यस्तै किसिमको संदिग्ध गतिविधि भएको लगभग एक महिनापछि फेरि यो घटना भएको छ। त्यसबेला पनि धेरै वटा उडानहरू प्रभावित भएका थिए।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा