
गुवाहाटी, 12 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोमवार विशिष्ट सामाजिक कार्यकर्ता एवं कुशल राजनीतिज्ञ कनकेश्वर नार्जारीलाई उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पण गरे। उनले बोडो समाजको कल्याणको निम्ति नर्जारीलि गरेका समर्पण र सामाजिक योगदानलाई स्मरण गरे।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भने, कनकेश्वर नार्जारी एकजना प्रतिष्ठित सामाजिक कार्यकर्ता एवं कुशल राजनीतिज्ञ थिए जसले बोडो समुदायको कल्याणका लागि अथक परिश्रम गरे।
मुख्यमन्त्रीले समाजप्रति नार्जरीले पुऱ्याएको योगदान मानिसहरूको निम्ति सदैव प्रेरणाको श्रोत भइरहने ठहर गरे। उनको पुण्यतिथिमा श्रद्धापूर्वक नमन गर्दै मुख्यमन्त्रीले समाजप्रतिको उनको समर्पण एवं सेवाभावलाई स्मरण गरे।
आफ्नो सन्देश मार्फत स्वर्गीय नार्जारीको सामाजिक योगदानलाई रेखाङ्कित गर्दै मुख्यमन्त्रीले समाज कल्याणका लागि समर्पित व्यक्तिहरूको योगदानले आउँदो पुस्तालाई निरन्तर प्रेरणा दिरहने बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा