जोगीघोपामा तस्करीको प्रयास विफल, 15 वटा गाईवस्तु जफत
The images Shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 12 अक्टोबर (हि.स.)। असमको जोगीघोपामा चम्पा नदी निकट चिकिबिकीघाटपारा क्षेत्रमा पुलिसले गाईवस्तु तस्करी गर्ने प्रयासलाई विफल बनाउँदै 15 वटा गाईवस्तुलाई बरामद गऱ्यो। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोमवार सोशल मिडियामा यस आशयको जानकारी दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा भने, तस्करहरूले नदीको बाटो भएर उनीहरूभाग्न सफल हुनेछन् भन्ने सोचेका थिए, तर असम पुलिसको नजरबाट उम्किन सकेनन्।

उनले भने, असम पुलिस गाईवस्तुको अवैध तस्करीलाई रोक्न रोक्नको लागि पूर्ण रूपमा सतर्क छ। सड़क होस् वा जलमार्गबाट तस्करीको प्रयासलाई विफल बनाउनको लागि पुलिस तयार छ।

मुख्यमन्त्रीले उक्त कारबाहीको उल्लेख गर्दै आफ्नो सोशल मिडिया पोस्टमा असम पुलिसलाई पनि ट्याग गरे। यस कारबाहीमा 15 वटा गाईवस्तु बरामद हुनाले राज्यमा गाईवस्तुको अवैध तस्करीलाई रोक्ने पुलिसको सतर्कता दर्शाउँछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande