ट्रेनको चपेटमा परी महिलाको मृत्यु
सांकेतिक ट्रेन से दुर्घटना


खड़गपुर, 12 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा सोमवार बिहान कोइला लादिएको मालगाडीको चपेटमा परी एकजना महिलाको मृत्यु भयो। यो घटना 26 नम्बर कलेज रोड रेल गेट नजिकै डाउन मिडल लाइनमा भएको हो। घटनापछि यस क्षेत्रमा खैलाबैला मच्चािएको छ।

सोमवार बिहान डाउन मिडल लाइन भएर गुज्रिरहेको कोइला भरिएको ट्रेनको चपेटमा परी महिलाको मृत्यु भयो। स्थानीय मानिसहरूले यसको सूचना बेलदना थानालाई दिए। सूचना पाएपछि रेलवे पुलिसका अधिकारीहरूले घटनास्थलमा पुगेर शवलाई उद्धार गरे।

मृतक महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। रेलवे पुलिस उसको पहिचान खोलाउने प्रयासमा जुटेकोछ। साथै, दुर्घटना कुन परिस्थितिमा भयो ,अनुसन्धान भइरहेको छ। शवलाई पोस्टमर्टमको लागि खडगपुर अस्पतालमा पठाइएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande