माकपा नेता विकास रञ्जन भट्टाचार्यलाई कोलकाता पुलिसको समन,  दुई फरक थानामा उपस्थित हुने नोटिस
विकास भट्टाचार्य


कोलकाता, 12 अक्टोबर (हि.स.)।भारतीय कम्युनिस्ट पार्टी (माकपा) का वरिष्ठ नेता तथा प्रख्यात वकिल विकास रञ्जन भट्टाचार्यलाई कोलकाता पुलिसले दुई फरक थानामा उपस्थित हुने नोटिस जारी गरेको छ। गरफा र कसबा थानालेउनलाई अक्टोबर 13 र 14 मा उपस्थित हुने निर्देश दिइएको छ। पुलिसको उक्त नोटिसलाई लिएर सोमवार बिहान उनको प्रतिक्रिया बुझ्नको लागि लागि उनीसित सम्पर्क गरियो, तर उनको पक्षबाट कुनै टिप्पणी प्राप्त हुन सकेन।

यो सम्पूर्ण घटनाक्रम ईएम बाइपास नजिकैको पूर्वलोक क्षेत्रमा रहेको माकपा नेताको निवासमा हालै भएको आक्रमणपछि सार्वजनिक भएको छ। आरोप छ, गत हप्ताको बिहान केही अज्ञात युवाहरू आफ्नो अनुहार र बाइकको नम्बर प्लेटलाई कालो कपड़ाले ढाकेर उनको घर अगाडि पुगे। ती उपद्रवीहरूले उनको घरमा ढुङ्गा हानेर झ्यालका शिशाहरू फुटाइदिए। यस घटनापछि विकास रञ्जन भट्टाचार्यले सोशल मिडियामा तीव्र प्रतिक्रिया दिँदै नियोजित आक्रमणको पछाडि हिन्दुत्व उपद्रवीहरू सामेल रहेको दाबी गरेका थिए।

माकपा नेताको उक्त बयानमाथि मुख्यमन्त्री शुभेन्दु अधिकारीले कडा आपत्ति जनाएका थिए। मुख्यमन्त्रीले स्पष्ट रूपमा भनेका थिए, राज्यमा कसैलाई पनि कानून व्यवस्था बिगार्ने वा अराजकता फैलाउने छुट दिइने छैन। उनले भने, पुलिसले यस मामिलामा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ, तथापि आफ्नो भेरिफाइड सोशल मिडिया ह्याण्डमा सम्पूर्ण हिन्दू समुदायलाई लक्षित गर्दै यस किसिमको आरोप लगाउनु अत्यन्त आपत्तिजनक छ।

मुख्यमन्त्रीले चेताउनी दिएका थिए, यस किसिमको दुष्प्रचारलाई बेवास्ता गर्न सकिँदैन र यस्तो मामिलामा सरकारले कड़ा कानुनी कारबाही गर्नेछ।

त्यसपछि पुलिसले उनलाई सोधपुछका लागि उपस्थित हुने आग्रह गर्दै नोटिस पठाएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande