
गुवाहाटी, 12 अक्टोबर (हि.स.)। असमका मन्त्री पीयूष हजारिकाले नगाउँ लोकसभा उपचुनाउमा भारतीय जनता पार्टी (भाजपा)- को जीतपछि काङ्ग्रेसमाथि कडा प्रहार गरेका छन्। उनले आरोप लगाए, कङ्ग्रेसले अल्पसङ्ख्यक समुदायलाई धोका दियो र वर्षौँसम्म राजनीतिक लाभको लागि उनीहरूलाई प्रयोग गऱ्यो। मन्त्रीले आज एक कार्यक्रम अवधि पत्रकारहरूसँग कुराकानी गरिरहेका थिए।
हजारिकाले भने, कङ्ग्रेसले यतिका दिनसम्म अल्पसङ्ख्यक समुदायलाई ब्ल्याकमेल गरेर सत्ता प्राप्त गर्दै आयो, तर उसले कहिल्ये पनि यस समुदायका समस्याहरूको समाधान गर्नको लागि गम्भीर प्रयास गरेन। त्यसैले अल्पसङ्ख्यक समुदायले धेरै पहिले नै कङ्ग्रेस छोड़ेको उनले दाबी गरे।
मन्त्रीले अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ)- का प्रमुख बदरूद्दीन अजमललाई पनि लक्षित गर्दै अगि भने, नगाउँका मतदाताहरूले अजमलको कथित साम्प्रदायिक राजनीतिलाई पनि खारेज गरिदिए।
उल्लेखनीय छ, नगाउँ लोकसभा उपचुनाउमा भाजपाका उम्मेद्वार देवशिष शर्माले जित दर्ता गरेका छन्। एआईयूडीएफ प्रमुख बदरूद्दिन अजमल दोस्रो स्थानमा रहे भने कङ्ग्रेस उम्मेद्वार शिवमणि बोरा तेस्रो स्थानमा रहे।
भाजपाको जीतपछि असममा राजनीतिक बयानबाजी तीव्र भएको छ। हजारिकाको टिप्पणीलाई कङ्ग्रेस र एआईयूडीएफको चुनावी रणनीति र उनीहरूको जनाधारमाथि भाजपाको आक्रमणका रूपमा हेरिँदैछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा