दुर्गा पूजाका कारण दिघामा समुन्द्र किनारका सबै पसलहरू छ दिनसम्म  बन्द रहने
दीघा के दुर्गा पूजा स्थल की छवि


दीघा की छवि


कोलकाता, 12 अक्टोबर (हि.स.)। दुर्गा पूजाको अवसरमा विशेष आयोजनको तयारीलाई ध्यानमा राख्दै पूर्व मेदिनीपुर जिल्लाको दिघामा सबै समुद्र तटका सबै पसलहरू लगातार छ दिनसम्म बन्द रहनेछन्। दिघा शङ्करपुर विकास प्राधिकरणले अक्टोबर 11 देखि 16 सम्म पसल बन्द गर्ने घोषणा गरेको छ। अक्टोबर 14 र 15- का दिन दिघामा 'आनन्द दिघा'- को नामले दुई दिवसीय विशेष कार्यक्रम आयोजना गरिनेछ।

उक्त कार्यक्रमलाई मध्यनजर गर्दै न्यू दिघाको जगन्नाथ मन्दिर वरपर तीव्र गतिमा तयारी भइरहेको छ। दिघाको प्रवेशद्वारदेखि लिएर विभिन्न स्थानहरूमा बत्ती, मूर्तिकला, ब्यानर एवं होर्डिङ्गको माध्यमबाट सजावट भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्य अतिथिका रूपमा कार्यक्रममा सहभागी हुने सम्भावना रहेको छ।

दिघाका जिल्ला मेजिस्ट्रेट निरञ्जन कुमारले बताए, कार्यक्रम अवधिभरिको लागि सुरक्षाको कड़ा बन्दोबस्त गरिँदैछ। समुद्र तट वरपर पुलिसको गस्ती बढाइनेछ। विभिन्न स्थानहरूमा ब्यारिकेड पनि लगाइएको छ ताकि अतिथि एवं पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस्।

तथापि समुद्र तटमा पसलहरूलाई बन्द रहनाले सूक्ष्म व्यापारीहरूको समस्या बढेको छ। सोमवार समुद्र तटमा प्रसाधन सामग्री बेच्ने स्थानीय व्यापारी रमेश प्रधानले सोमवार हिन्दुस्तान समाचार-लाई बताए, उनको जीविकोपार्जनको एक मात्र साधन भनेकै उनको पसल हो। त्यसैले 6 दिनसम्म पसल बन्द रहनाले दुर्गा पूजाको समयमा उनीको आयमाथि असर पर्नेछ। तथापि यो कार्यक्रम प्रशासनले आयोजना गरिरहेको हुनाले आफूले पनि केही असुविधा भोग्नुपर्ने उनले बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande