
गुवाहाटी, 12 अक्टोबर (हि.स.)। असमको राजधानी गुवाहाटीको एबीसी पोइन्ट क्षेत्रमा सोमवार एउटा भवनमा भयानक आगलागी भयो जसले गर्दा क्षेत्रको माहोल चिन्तापूर्ण भयो।
प्रारम्भिक जानकारी अनुसार ओरियन प्यालेस नामक भवनको छैटौँ तलामा रहेको वेभ्स स्पा एण्ड स्यालुनमा आगलागी भएको हो। व्यस्त एबीसी पोइन्ट क्षेत्रमा भएको यस घटनापछि आगलागीको कारण र नोक्सानलाई लिएर विस्तृत जानकारीको प्रतिक्षा गरिएको छ।
आगलागीमा कुनै पनि प्रकारको जनहानि भएको जानकाकरी तत्काल उपलब्ध छैन। आगो निभाउनको लागि सञ्चालित अभियान, सम्पत्तिको क्षति तखा आगलागीको वास्तविक कारणलाई लिएर विवरणको प्रतिक्षा गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा