
खरसाङ, 13 अक्टोबर (हि.स.)। खरसाङका रामकृष्ण शर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले दार्जिलिङ जिल्ला सचिव एवं प्रवक्ताको जिम्मेवारी दिएको छ। पार्टीमा नयाँ जिम्मेवारी प्राप्त गरेपछि शर्माले आफूलाई विश्वास गरेर महत्त्वपूर्ण दायित्व सुम्पिएकोमा भाजपा नेतृत्वप्रति आभार व्यक्त गरेका छन्।
आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै शर्माले पार्टीले आफूलाई दिएको जिम्मेवारी पूर्ण निष्ठा र इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यस जिम्मेवारीका लागि भारतीय जनता पार्टी तथा दार्जिलिङ जिल्ला कमिटीका पदाधिकारी र कार्यकारी सदस्यहरूप्रति विशेष धन्यवाद दिएका छन्।
उनले पार्टीले जनताको हितमा गर्दै आएका कामहरूलाई आफ्नो तर्फबाट पनि थप प्रभावकारी बनाउन प्रयास गर्ने बताए। भाजपा जनताका लागि काम गर्ने पार्टी भएको उल्लेख गर्दै उनले पार्टीका सबै प्रतिनिधिहरूले जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा व्यक्त गरे।
हिन्दुस्थान समाचार / हनोक