विकास रञ्जनको बयानमाथि दिलीप घोषको प्रत्याक्रमण, भने आरएसएसलाई कसैको प्रमाणपत्रको आवश्यकता छैन
पश्चिम बंगाल के पंचायत मंत्री दिलीप घोष (फाइल फोटो)


कोलकाता, 13 अक्टोबर (हि.स.)। आरएसएसलाई लिएर माकपा नेता विकासरञ्जन भट्टाचार्यलि दिएको टिप्पणीमाथि भारतीय जनता पार्टीका (भाजपा) का नेता दिलीप घोषले प्रत्याक्रमण गरेका छन्। माकपाका पूर्व सांसदले आरएसएसमाथि गुण्ड़ाहरूको सेना बनाएको आरोप लगाएका थिए। मङ्गलवार उनको उक्त बयानमाथि प्रतिक्रिया दिँदै दिलीप घोषले भने, आरएसएसलाई कसैको प्रमाणपत्रको आवश्यकता छैन।

माकपाको खस्किँदो राजनीतिक अवस्थाको उल्लेख गर्दै उनले भने, आरएसएसले के गरिरहेको छ भन्ने कुरा सारा दुनियाँलाई थाहा छ। त्यसरी नै माकपाले के गरिरहेको छ भन्ने कुरा जनताबाट लुकेको छैन।

दिलीप घोषले भने, उनीहरूले आरएसएसलाई किन रोकेनन्? के उनीहरूले कहिल्यै प्रयास गरे? के उनीहरूले रोक्न सके? आरएसएसले के गरिरहेको छ भन्ने कुरा सारा विश्वलाई थाहा छ। माकपाले के गरिरहेको छ, त्यो पनि जनतालाई थाहा छ। यसैकारण माकपाको पतन भएको हो। हामीलाई उनीहरूको प्रमाणपत्रको आवश्यकता छैन।

विकास रञ्जन भट्टाचार्यको आरएसएस सम्बन्धी टिप्पणी र उसको जवाफमाथि दिलीप घोषको गरेको प्रतिक्रियाबाट राज्यको राजनीतिमा दोषारोपणको खेल शुरु भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande