
लखनऊ, १४ अक्टोबर (हि.स.)। आर्थिक अपराध शाखाले चर्चित पशुपालन भर्ती घोटालामा ठूलो कारबाही गर्दै लखनऊबाट पूर्व प्रमुख सचिव योगेश कुमारलाई पक्राउ गरेको छ। उनी साल १९८० ब्याचका अवकाशप्राप्त भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी हुन्।
आर्थिक अपराध शाखाका महानिदेशक जेएन सिंहले पूर्व आईएएस अधिकारी योगेश कुमारलाई लखनऊको गोमतीनगरबाट पक्राउ गरिएको जानकारी दिएका छन्। साल 2०१४ मा तत्कालीन समाजवादी पार्टीको सरकारका पालामा उत्तर प्रदेशका १७ वटा मण्डलमा पशुधन प्रसार अधिकारीका १,१९८ पदमा भर्ती गरिएको थियो। भर्ती प्रक्रियाका क्रममा योगेश कुमार पशुपालन विभागका प्रमुख सचिव थिए।
छनोट प्रक्रियाका क्रममा ठूलो स्तरमा अनियमितता भएको आरोप लागेको थियो। पशुधन भर्ती घोटालामा योगेश कुमार विरुद्ध प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो। त्यस समय राजकिशोर सिंह पशुधन मन्त्री थिए। राजकिशोर सिंह विरुद्ध अभियोजन चलाउन स्वीकृति दिने सम्बन्धमा रहेको फाइल भने अझै राज्य सरकारको प्रशासनमा विचाराधीन छ।
हिन्दुस्थान समाचार / भवानी थामी