
मोरीगाउँ (असम), 16 अक्टोबर (हि.स.)। असमको मोरीगाउँ जिल्लामा एक निर्दयी पिताको हृदयविदारक घटना सार्वजनिक भएको छ। शुक्रबार पुलिस स्रोतले बताएअनुसार, एक व्यक्तिले बिहीबार राति अँध्यारोमा आफ्ना करिब दुई वर्षका छोरालाई सडक किनारमा छाडेर भागे।
घटनाअनुसार, मोरीगाउँ सदर थाना क्षेत्रअन्तर्गत भोगदला गाउँमा बिहीबार राति करिब ९ बजी केही स्थानीय युवाले सडकमा रोइरहेको अवस्थामा एक बालकलाई देखे। बालकसँग सोधपुछ गर्दा उनका पिताले आफूलाई बाटोमै छाडेको बताए। त्यसपछि ती युवाहरूले बालकको पहिचान गरी उनलाई छाडिएको स्थाननजिकै रहेको पिताको घरमा लिएर गए। तर, पिताले बालकलाई घरमा राख्न अस्वीकार गरे।
स्थानीय बासिन्दाको सहयोगमा युवाहरूले बालकलाई पुलिस थानामा पुर्याए। पुलिसले घटनालाई गम्भीरतापूर्वक लिँदै बालकलाई आफ्नो संरक्षणमा राखेर उनका पिताको खोजी शुरु गर्यो। पुलिस आएको खबर पाएपछि बालकका पिता घरको पछाडिको ढोकाबाट भागे।
बालकका पिता मणि नाथ मिकिर गाउँका मोटरसाइकल मर्मत गर्ने व्यक्ति हुन्। करिब तीनदेखि चार महिनाअघि मणिले दोस्रो विवाह गरेका थिए। त्यसअघि उनले आफ्नी पूर्वपत्नी तथा बालककी आमालाई दुर्व्यवहार गर्दै घरबाट निकालेका थिए। जीविकोपार्जनका लागि बालककी आमा कामको सिलसिलामा अर्को राज्यमा रहेकी छन्।
पुलिसले बालकलाई आफ्नै संरक्षणमा राखेको छ भने घटनाबारे थप जॉंच तथा आवश्यक कानुनी कारबाही अघि बढाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी