हिमाचलको चम्बामा नवरात्रमा गाईको हत्या गरेको आरोप, चार जना पक्राउ
एएसपी दिनेश शर्मा


शिमला, 16 अक्टोबर (हि.स.)। शारदीय नवरात्रका बेला हिमाचल प्रदेशको चम्बा जिल्लामा गाईको हत्या गरेको आशङ्कापछि उत्पन्न तनावका बीच पुलिसले चार जना आरोपीलाई पक्राउ गरेको छ। सिल्लाघ्राट क्षेत्रको जलेदा जङ्गलमा गाईका अवशेष फेला परेपछि यो घटना सार्वजनिक भएको हो। घटनाको विरोधमा चम्बा बजार बन्द गरिएको थियो भने विभिन्न हिन्दू सङ्गठनहरूले प्रदर्शन गर्दै आरोपीहरूलाई पक्राउ गर्न माग गरेका थिए।

चम्बाका अतिरिक्त पुलिस अधीक्षक (एएसपी) दिनेश शर्माले चार जना आरोपी पक्राउ परेको पुष्टि गरेका छन्। शुक्रबार उनले सबै आरोपी सिल्लाघ्राट क्षेत्रका बासिन्दा रहेको र उनीहरूलाई आज अदालतमा पेस गरिने जानकारी दिए। उनले घटनामा नियमानुसार थप कारबाही भइरहेको बताए। सदर चम्बा थाना प्रभारी निरीक्षक रमन चौधरीको नेतृत्वमा पुलिस टोलीले उक्त कारबाही गरेको हो।

पुलिसमा दिइएको उजुरीअनुसार, १२ अक्टोबरमा छपरी गाउँका निवासी टेक चन्दले जलेदा जङ्गलमा गोईका अवशेष देखेका थिए। उनले यसबारे घघरौता पञ्चायतका उपप्रधान अमरोलाई जानकारी गराए। त्यसपछि उपप्रधान टेक चन्दसँगै साँझ घटनास्थल पुगे।

उपप्रधानको बयानअनुसार, घटनास्थलमा गोईको टाउको शरीरबाट अलग भएको अवस्थामा थियो भने शरीरमा मासु पनि पूरा थिएन। त्यहाँ काठ काट्ने एउटा औजारसमेत फेला परेको थियो। रातको अँध्यारोका कारण गोईलाई कसैले मारेको हो वा जङ्गली जनावरले सिकार गरेको हो भन्ने कुरा उनीहरूले स्पष्ट गर्न सकेनन्। त्यसपछि दुवै जना घर फर्किए।

१३ अक्टोबर मा उपप्रधान र टेक चन्द केही अन्य गाउँलेसँगै पुनः घटनास्थल पुगे। त्यसबेला गोईको टाउको त्यहाँ थिएन, तर छाला र पुच्छर भने फेला परेका थिए। त्यसपछि उनीहरूलाई गोवंशको हत्या गरिएको आशङ्का भयो र पुलिसलाई जानकारी गराइयो।

घटनाबारे जानकारी फैलिएपछि सिल्लाघ्राट क्षेत्रमा गाउँलेहरूमा आक्रोश फैलिएको थियो। ठूलो सङ्ख्यामा मानिसहरू घटनास्थलमा पुगेपछि स्थिति नियन्त्रणमा लिन थप पुलिस बल परिचालन गर्नुपरेको थियो। पुलिसले घटनास्थलको निरीक्षण गर्नुका साथै गाउँलेहरूको बयान दर्ता गरी अज्ञात व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गरेर जॉंच शुरु गर्यो।

घटनाको विरोधमा बुधबार चम्बा शहरमा व्यापक प्रदर्शन भएको थियो। औषधि दोकानबाहेक बजारका अन्य पसलहरू बन्द रहेका थिए। बजरङ्ग दलका कार्यकर्ताहरू जिल्ला मुख्यालयको प्रमुख चोकमा भेला भएर नाराबाजी गर्नुका साथै सामूहिक रूपमा हनुमान चालिसा पाठ गरेका थिए। प्रदर्शनकारीहरूले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरीसँग माग गरेका थिए।

गाउँले तथा प्रदर्शनकारीहरूले नवरात्रका बेला धार्मिक भावनामा चोट पुर्याउने उद्देश्यले घटना गराइएको आरोप लगाएका थिए। यद्यपि, यस आरोपको पुष्टि जॉंचबाट मात्र हुने पुलिसले जनाएको छ।

पुलिसले घटनाको जॉंचपछि चार जना आरोपीलाई पक्राउ गरेको छ। एएसपी दिनेश शर्माका अनुसार, पक्राउ परेका उनीहरूलाई अब अदालतमा पेस गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande