
नोएडा, १७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको गौतम बुद्धनगर जिल्ला स्थित नोएडाको बादलपुर थाना क्षेत्रमा रेलको ठक्करबाट एक अज्ञात व्यक्तिको मृत्यु भएको छ। घटनाबारे प्रहरीले जाँच गरिरहेको छ। बादलपुर थाना प्रभारी विजय कुमार गुप्ताका अनुसार गत राति थाना क्षेत्रभित्र एक अज्ञात व्यक्ति रेलको चपेटामा परेका थिए। करिब ३५ वर्ष उमेरका ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको उनले बताए। घटनाको सूचना पाएपछि घटनास्थल पुगेका उपनिरीक्षक पुनीत तिवारीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएका छन्। थाना प्रभारीका अनुसार घटना छपरौला गाउँ नजिक भएको हो। पुलिसले मृतकको पहिचान खुलाउन वरिपरिका स्थानीय बासिन्दासँग सोधपुछ गर्नुका साथै सामाजिक सञ्जाल मार्फत पनि प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा