नोएडामा अनियन्त्रित कार डिभाइडरमा ठोक्किँदा विद्यार्थीको मृत्यु, अर्का गम्भीर घाईते
नोएडामा अनियन्त्रित कार डिभाइडरमा ठोक्किँदा विद्यार्थीको मृत्यु, अर्का गम्भीर घाईते


नोएडा, १७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको गौतम बुद्धनगर जिल्ला स्थित नोएडाको सेक्टर ३९ थाना क्षेत्र अन्तर्गत आरक्युब मोनाड मल नजिक अनियन्त्रित कार डिभाइडरमा ठोक्किँदा १८ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का विद्यार्थी गम्भीर घाइते भएका छन्। घटनाबारे सेक्टर–३९ पुलिसले जाँच गरिरहेको छ। सेक्टर ३९ थाना प्रभारी निरीक्षक डीपी शुक्लका अनुसार शनिबार बिहान सबेरै सेक्टर ४३ स्थित आरक्युब मोनाड मल नजिक नितिन (१८) (पिता अशोक) र मनोहर झा (१८) (पिता पवन झा) कारमा सवार भएर गइरहेका थिए। सोही क्रममा कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नोएडा स्थित जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकले नितिनलाई मृत घोषित गरे। अर्का घाइते मनोहर झाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि उच्च स्वास्थ्य संस्थामा पठाइएको पुलिसले जनाएको छ। मृतक नितिन ग्रेटर नोएडा स्थित धर्म पब्लिक स्कुलमा कक्षा १२ मा अध्ययनरत थिए। घटनाबारे पुलिसले थप जाँच गरिरहेको थाना प्रभारी शुक्लले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande