२५ लाख रुपियाँको हेरोइन सहित दुई तस्कर पक्राउ
हेरोइन तस्करी में गिरफ्तार आरोपितों को जेल भेजती पुलिस


मिर्जापुर, १७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको मिर्जापुर जिल्लामा एसओजी र जिगना पुलिसको संयुक्त टोलीले शनिवार पाली सीमाक्षेत्र नजिकबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उनीहरूदेखि एक किलो ३८ ग्राम हेरोइन जफत गरिएको छ, जसको अनुमानित मूल्य २५ लाख रुपियाँ रहेको छ। आरोपीहरूदेखि दुई वटा मोबाइल फोन पनि फेला परेका छन्।

थाना प्रभारी सञ्जय सिंहले पक्रा परेका आरोपीहरूको पहिचान देहात कोतवाली क्षेत्रको बरकछा गाउँ निवासी शनि कुमार र बरकछा मन्धातापुर निवासी सुभाष कुमारका रूपमा भएको बताए। दुवै जना मोटरसाइकलमा गइरहेका बेला पुलिस टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

पुलिसले आरोपीहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी उनीहरूलाई जेल पठाएको छ। तस्करीमा प्रयोग गरिएको मोटरसाइकललाई मोटर वाहन एक्ठ अन्तर्गत जफत गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande