
गुवाहाटी, 18 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले कोलकाताको चोरबगान पूजा मण्डपमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भने, कोलकाताको चोरबगान पूजा मण्डपमा भएको दुःखदायी कुल्चिने घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। आफन्तलाई गुमाइसकेका शोक सन्तप्त परिवारप्रति असमका जनताको तर्फबाट म गहिरो समवेदना व्यक्त गर्दछु।
उनले भने, दुःखको यस घडीमा, छिमेकीको रूपमा हाम्रो विचार अनि प्रार्थना घटनाबाट प्रभावित हरेक व्यक्तिको साथमा छौं। माँ दुर्गालाई प्रार्थना गर्दछु कि घाइतेहरू चाँडै निको होउन् अनि माँ देवीले शोकाकुल परिवारलाई यो अपूरणीय क्षति सहने शक्ति र साहस प्रदान दिउन्।
ज्ञात रहोस्, चोर बगान पूजा मण्डपमा भएको दुःखद घटनामा केही मानिसहरूको मृत्यु भएको छ भने केही मानिसहर गम्भीर रूपमा घाइते भएका छन् जसको उपचार भइरहेको छ। यस घटनाले पूजाको उत्साहलाई शोकमा परिणत गरिदिएको छ।
/ बिशाल