
सोनीतपुर (असम), 18 अक्टोबर (हि.स.)। पुलिसले शोणिततपुर जिल्लाको कालियाभामरा पुल नजिकैबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। शोणितपुर पुलिसले आज बतायो, गए राती पक्रा परेका 25 वर्षीय युवकको झोलाबाट सन्दिग्ध विस्फोटक सामग्री र डेटोनेटरहरू बरामद गरिएको छ।
अभियुक्तलाई कार्बी आङ्गलोङ्ग जिल्लाका बासिन्दा डिप्सन सिङ्गनाको रूपमा पहिचान गरिएको छ जो पुलिसको वरिपरी शङ्कास्पद तरिकाले पुलको वरिपरि घुमिरहेको थियो। त्यसैले पुलिसले उसको ब्यागको जाँच गऱ्यो।
अधिकारीहरूले बताए, खोजी गर्दाा सन्दिग्ध विस्फोटक सामग्रीका 34 वटा प्याकेट र 18 वटा डेटोनेटर फेला पऱ्यो। प्रारम्भिक सोधपुछमा सिङ्गनाले अरुणाचल प्रदेशको तवाङ्ग जिल्लाको 'आनी गोम्पा' -बाट उपरोक्त सामग्रीहरू ल्याएको पुलिसलाई बतायो।
पुलिसले यस मामिलामा अग्रिम जाँच शुरू गरेको छ ताकि यो पत्तो लगाउन सकियोस् कि बरामद गरिएका सामग्रीहहरूको कुन प्रकारको हो, कहाँ लगिँदैथ्यो र कुन परिस्थितिमा यसलाई लगिँदैथ्यो। यस मामिलामा पुलिसले थप अनुसन्धान गरिरहेको छ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा