
गुवाहाटी, 18 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आज 'फुलगुरी धेवा' किसान विद्रोहको वार्षिकोत्सवमा शहीद किसानहरूलाई स्मरणगर्दै उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
सोशल मिडिया फेसबुकमा पोस्ट साझा गर्दै मुख्यमन्त्रीले भने, स्वतन्त्रताको सूर्य उदाउनुभन्दा धेरै अघि नै असममा अन्यायको विरोधमा एउटा प्रबल आगो सल्किरहेको थियो। अक्टोबर 1861- मा सम्पूर्ण फुलगुरी क्षेत्रका किसानहरूले ब्रिटिश शासनको अत्याचारविरुद्ध साहस, एकता एवं आत्मसम्मानको साथमा विरोध गरे।
उनले भने, 'फुलगुरी देवा' किसान विद्रोह, असमका जनताको अदम्य साहस र न्यायका लागि उनीहरूको सङ्घर्षको एउटा गौरवशाली अध्याय हो जसले अन्यायको अगाडि घुँड़ा टेकेनन्। फुलगुरी धेवाका प्रत्येक बहादुर शहीदलाई सलाम।
ज्ञात रहोस्, फुलगुरी धेवा असमको ब्रह्मपुत्र उपत्यकाको पहिलो किसान विद्रोह थियो। विदेशी ब्रिटिश सरकारको शोषणविरुद्ध शोषित किसानहरूले गरेको असमको पहिलो विद्रोह। यो विद्रोह सन् 1861 (अक्टोबर 18)- मा ननगाउँ जिल्लाको कलङ्ग नदी नजिकैको फुलगुरीमा भएको थियो। फुलगुरी एउटा तिवा जनसङ्ख्या भएको गाउँ थियो जहाँ अफिमको खेती प्रशस्त मात्रामा गरिन्थ्यो।
यो विद्रोहलाई फुलगुरी धेवा भनिन्छ। त्यस समयमा अङ्ग्रेज र सिपाहीहरूले विद्रोहलाई धावा भने अनि धावाको अपभ्रंश रूप धेवा भयो। उचित नेतृत्व बिनै जिल्लाका हरेक क्षेत्रहरूबाट किसानहरू स्वतः सामेल भएर शुरू गरिएको यो विद्रोह असममा किसान विद्रोह र आन्दोलनको शुरूआत थियो। सन् 1861- मा ब्रिटिश सरकारले अफिमको खेतीलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएपछि सम्पूर्ण तिवा समुदायका मानिसहरू अत्यन्त असन्तुष्ट भए, किनभने सरकारी कानून लागू गरिएको थिएन। यसबाहेक ताम्बुल (सुपारी)-पानमा कर लगाइने खबर आएको थियो जसबाट किसानहरूको आक्रोशको मूल नै फुट्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा