
इम्फाल, 18 अक्टोबर (हि.स.)। मणिपुरमा पुलिस एवं सीआरपीएफको संयुक्त टोलीले गरेको कारबाहीमा एकजना महिला सहित दुई जना मानिसहरूलाई पक्राउ गरी उनीहरूबाट सन्दिग्ध ब्राउन शुगर बरामद गरिएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
मणिपुर पुलिसले गए शनिवार राती सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै बताए, विशेष सूचनाको आधारमा सेनापति जिल्ला पुलिस, सीआरपीएफको 142/एफ र सीआरपीएफको 109/बीले सेनापति थाना अन्तर्गत खोङ्नेम थाना गाउँमा संयुक्त खोजी अभियान सञ्चालन गऱ्यो। यस अवधि एकजना महिला सहित दुई जनालाई पक्राउ गरियो।
पक्रा पर्नेहरूको पहिचान टार्सस (31) र सारा (40)- को रूपमा भएको छ। दुवै जना सेनापति जिल्लाको तुङ्गजय थाना अन्तर्गत लाई गाउँका बासिन्दा हुन्। पुलिसले उनीहरूबाट 45 वटा प्लास्टिकको साबुनदानीमा लुकाएको 804 ग्राम सन्दिग्ध ब्राउन शुगर तथा एउटा स्कर्पियो वाहन (एनएल-01एच-6982) बरामद गऱ्यो। यस विषयमा पुलिसले थप अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा