
शिवसागर (असम), 18 अक्टोबर (हि.स.)। शिवसागर जिल्ला मुख्यालय नजिकै भएको भयानक सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। पुलिसले आइतवार बतायो, पूजाको छुट्टीमा घर गइरहेको मृतकको वाहन सड़क किनारमा पार्क गरिएको ट्रेलरसँग ठोक्कियो जसले गर्दा उक्त व्यक्तिको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान आकाश लहानको रूपमा गरिएको छ जो पेशाले इञ्जीनियर थिए। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले यस सम्बन्धमा दुर्घटनाको एफआईआर दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा