
गान्तोक, 02 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षामन्त्री राजु बस्नेतलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत शिक्षामन्त्री बस्नेतलाई जन्मदिनको शुभकामना दिँदै उनको जीवनमा सुख, सुस्वास्थ्य र निरन्तर सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्।
उनले जनताको कल्याण र राज्यको विकासका लागि शिक्षामन्त्री बस्नेतले गर्दै आएको प्रतिबद्ध नेतृत्वले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्दै अझ धेरै वर्षसम्म जनसेवामा समर्पित भएर काम गर्ने अवसर प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल