सड़क किनारमा युवकको शव भेटियो
प्रतीकात्मक तस्वीर


खुँटी, 21 अक्टोबर (हि.स.)। बुधवार तोरपा ब्लक क्षेत्रको हुसिर पुरना जराटोली नजिकै सड़क किनारमा पुलिसले एकजना व्यक्तिको शव फेला पारेको छ।

मृतकको पहिचान रोन्हे बारटोलीका बासिन्दा सुनिल गुडियाको रूपमा भएको छ। घटनाको जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जा गरी पछि पोस्टमर्टम गर्नको लागि पठाइदियो। हुसिर पञ्चायतका प्रमुख प्रदीप गुडियाले मङ्गलबवार सुनिल गुडिया दशैको मेला हेर्न कुमाङ्ग गएको बताए।

मेला हेरेपछि उनी राती 10 बजेतिर आफ्नो घर फर्किरहेका थिए। सुनिल गुडियाको सड़क दुर्घटनामा मृत्यु भएको हुन सक्ने आशङ्का पुलिसले व्यक्त गरेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि मात्र मृत्युको सही कारण थाहा हुनेछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande