दिल्ली विश्वविद्यालयको दीक्षान्त समारोह २० नोभेम्बरमा, अमित शाह मुख्य अतिथि हुने
कुलपति प्रो. योगेश सिंह दीक्षांत समारोह की तैयारियों को लेकर संबंधित अधिकारियों के साथ बैठक कर व्यवस्थाओं की समीक्षा की।


नयाँ दिल्ली, २२ अक्टोबर (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) को १०३औँ दीक्षान्त समारोह आगामी २० नोभेम्बरमा आयोजना गरिनेछ। समारोहमा केन्द्रिय गृहमन्त्री अमित शाह मुख्य अतिथि रहनेछन् भने विश्वविद्यालयका कुलपति प्रा. योगेश सिंहले अध्यक्षता गर्नेछन्।

दीक्षान्त समारोहको तयारीबारे कुलपति सिंहले बिहिवार सम्बन्धित अधिकारीहरूसँग बैठक गरी व्यवस्थाको समीक्षा गर्नुका साथै आवश्यक निर्देश दिए। बैठकमा विश्वविद्यालयका कुलसचिव डा. विकास गुप्ता, परीक्षा नियन्त्रक प्रा. गुरप्रीत सिंह टुटेजा तथा विभिन्न समितिका संयोजक र अधिकारीहरू उपस्थित थिए।

कुलपति प्रा. सिंह अनुसार, विश्वविद्यालयको इतिहासमा पहिलो पटक विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेकै वर्ष उपाधि प्राप्त गर्नेछन्। उच्च शिक्षाका लागि विदेश जाने वा रोजगारी प्राप्त गर्न उपाधि आवश्यक पर्ने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उनले बताए।

यस वर्ष दीक्षान्त समारोहमा ८५ हजार २३१ स्नातक र ७ हजार २३५ स्नातकोत्तर विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ। यसका साथै ४०० भन्दा बढ़ी पीएचडी शोधार्थीलाई पनि उपाधि प्रदान गरिनेछ।

समारोहमा १६३ विद्यार्थीलाई स्वर्ण पदक, एक विद्यार्थीलाई रजत पदक तथा ३४ विद्यार्थीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande