
लखनउ, २२ अक्टोबर (हि.स.)। उत्तर प्रदेशमा साल २०२७ मा हुने विधानसभा चुनाउलाई ध्यानमा राख्दै राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) ले राज्यमा आफ्ना गतिविधिहरू तीव्र बनाएको छ। यसै क्रममा सङ्घका सह सरकार्यवाह अरुण कुमार र अतुल लिमये बिहिवार लखनउ पुगेका छन्। उ
नीहरू आशियाना स्थित चान्सलर क्लबमा आयोजित सङ्घको बैठकमा सहभागी भएका छन्।
दुई सह सरकार्यवाहको उपस्थितिमा भइरहेको यस बैठकलाई आगामी विधानसभा चुनाउको दृष्टिले महत्त्वपूर्ण मानिएको छ। सङ्घको शताब्दी वर्षका कार्यक्रम सम्पन्न भएपछि उत्तर प्रदेशमा सङ्घले आफ्नो ध्यान केन्द्रित गरेको छ। यस अन्तर्गत समाजका विभिन्न वर्गसम्म पुग्न कार्यक्रमहरूको योजना बनाइँदै छ।
बैठकमा अवध र कानपुर प्रान्तका सङ्घ तथा समान विचारधारा भएका सङ्गठनका प्रान्तीय पदाधिकारीहरू सहभागी छन्। यसका साथै राज्यका सबै छह वटा प्रान्तका प्रान्त प्रचारक, पूर्वी तथा पश्चिमी उत्तर प्रदेशका क्षेत्र प्रचारक र विभिन्न सङ्गठनका क्षेत्रीय पदाधिकारीहरू पनि उपस्थित छन्।
यसअघि सङ्घका सरकार्यवाह दत्तात्रेय होसबाले चारदिने भ्रमणका क्रममा लखनउ आएका थिए। त्यसबेला उनले क्षेत्रीय कोर कमिटी, वरिष्ठ प्रचारक तथा अन्य पदाधिकारीहरूसँग बैठक र व्यक्तिगत छलफल गरेका थिए। वर्तमान बैठकलाई उनकै निर्देशन कार्यान्वयन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।
सूत्र अनुसार, आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै सङ्घसँग सम्बन्धित विभिन्न सङ्गठनका छुट्टाछुट्टै बैठकहरू पनि आयोजना गरिनेछन्। चुनावी गतिविधिका लागि पदाधिकारी तथा कार्यकर्ताहरूलाई परिचालन गरिनेछ। यसका साथै प्रान्तस्तरमा वक्ता कार्यशालाहरू र साना बैठकहरू आयोजना गरी शतप्रतिशत मतदानका लागि जनचेतना फैलाइने योजना रहेको छ।
/ बिशाल