यमुना पुनरुद्धारका लागि ८,९४१ करोड़का विकास परियोजनाको शिलान्यास र उद्घाटन
-	केंद्रीय गृह मंत्री अमित शाह यमुना पुनर्जीवन परियोजनाओं के उद्घाटन व शिलान्यास समारोह को संबोधित करते हुए


नयाँ दिल्ली, २२ अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले बिहिवार दिल्लीको श्याम विहारमा आयोजित कार्यक्रममा यमुना नदीको पुनरुद्धारका लागि दिल्ली जल बोर्डका ४३ वटा परियोजनाको उद्घाटन तथा शिलान्यास गरे। यी परियोजनाहरूको कूल लागत ८,९४१ करोड़ रुपियाँ रहेको छ। यसमध्ये २,८२७.११ करोड़ रुपियाँका १० वटा परियोजनाको उद्घाटन र ६,११४.११ करोड़ रुपियाँका ३३ वटा परियोजनाको शिलान्यास गरिएको छ।

अमित शाहले साल २०२९ मा यमुनालाई स्वच्छ बनाएर जनता समक्ष मत माग्न आउने बताए। उनले कांग्रेस र आम आदमी पार्टीमाथि विगत ३० वर्षमा यमुना नदीमा ढलको पानी र गोबर मिसाउने काम गरेको आरोप लगाए। उनले यी परियोजनाले यमुना सफाइ अभियानलाई मजबुत बनाउने बताए।

परियोजना अन्तर्गत ओखलामा नयाँ १२४ एमजीडी क्षमताको ढल प्रशोधन केन्द्र, आठ वटा प्रशोधन केन्द्रको स्तरोन्नति, बाहिरी दिल्लीमा २९ वटा नयाँ ढल प्रशोधन केन्द्र तथा पम्पिङ स्टेसन र १,०३४ किलोमिटर लामो ढल सञ्जाल निर्माण लगायतका काम समावेश छन्।

विपक्षी दलहरूको आन्दोलनबारे शाहले कांग्रेस नेता राहुल गान्धीले मत चोरीको बहानामा घुसपैठियाहरूको मत जोगाउन खोजेको आरोप लगाए। उनले धरना प्रदर्शनबाट नभई जनताको समस्या समाधान गरेर सत्ता प्राप्त हुने बताए।

पञ्जाबको अवस्थाबारे टिप्पणी गर्दै शाहले आम आदमी पार्टीको शासनकालमा लागुऔषधको कारोबार बढ़ेको आरोप लगाए।

उनले साल २०२९ सम्ममा पञ्जाबबाट लागुऔषधको कारोबार समाप्त गर्ने दाबी पनि गरे।

/ बिशाल


 rajesh pande