उत्तराखण्डका राज्यपाल डा. ढाल सिंह बिसेनद्वारा प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
उत्तराखंड के राज्यपाल प्रधानमंत्री नरेंद्र मोदी से भेंट करते हुए।


नयाँ दिल्ली, २३ अक्टोबर (हि.स.)। उत्तराखण्डका राज्यपाल डा. ढाल सिंह बिसेनले शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन्। यसअघि उनले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र पूर्वराष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेट गरिसकेका छन्।

राजभवनबाट जारी जानकारीअनुसार, उत्तराखण्डको राज्यपालको पदभार सम्हालेपछि डा. बिसेनले नयाँ दिल्लीमा देशका प्रमुख संवैधानिक पदमा आसीन व्यक्तित्व तथा वरिष्ठ नेताहरूसँग शिष्टाचार भेटघाट गरेका हुन्। यसै क्रममा शुक्रबार उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

राज्यपाल डा. बिसेनले अक्टोबर २१ मा राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मु र पूर्वराष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गरेका थिए। त्यसको भोलिपल्ट, अक्टोबर २२ मा उनले उपराष्ट्रपति भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग भेट गरे। यसैगरी, शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट भएको हो।

/ बिशाल


 rajesh pande