निशङ्कले भने– म मूलधारामा छु र सधैँ रहनेछु
पूर्व मुख्यमंत्री रमेश पोखरियाल निशंक पात्रकारों से बातचीत करते  हुए।


देहरादुन, २३ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवं पूर्व केन्द्रिय शिक्षामन्त्री डा. रमेश पोखरियाल ‘निशङ्क’ ले संगठनमा आफूलाई कथित रूपमा किनारामा पारिएको भन्ने चर्चाबारे प्रतिक्रिया दिँदै आफू सधैँ मूलधारमा रहेको र आगामी दिनमा पनि रहने बताएका छन्। उनले पार्टीले आफ्नो राजनीतिक अनुभवको लाभ लिइरहेको र आवश्यक परेको ठाउँमा आफूलाई जिम्मेवारी दिने गरेको बताए।

रमेश पोखरियाल निशङ्कले शनिवार रिस्पना क्षेत्र स्थित एउटा होटलमा कुराकानीका क्रममा संगठनमा आफ्नो भूमिकाबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘मलाई थाहा छ, किनारामा पार्नु भनेको के हो। म त मूलधारमै रहन्छु र सधैँ रहँदै आएको छु। आज पनि मूलधारमै छु र जबसम्म रहनुपर्नेछ, तबसम्म मूलधारमै रहनेछु।’

आफ्नो लामो राजनीतिक यात्राको उल्लेख गर्दै उनले विधायक, सांसद, मन्त्री, मुख्यमन्त्री, केन्द्रिय मन्त्री तथा पार्टीको राष्ट्रिय उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरेको बताए। पार्टीले आफ्नो अनुभवको उपयोग गरिरहेको र जहाँ पार्टीलाई आफ्नो आवश्यकता पर्छ, त्यहाँ आफूलाई जिम्मेवारी दिइने गरेको उनले बताए।

विपक्षी दलहरूले सरकार विरुद्ध यात्रा निकाल्ने तथा विभिन्न मुद्दामा सरकारलाई घेराबन्दी गर्ने विषयमा सोधिएको प्रश्नमा निशङ्कले विपक्षीको आफ्नै धर्म हुने बताए। विपक्षीले प्रश्न उठाउने र आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने उनले उल्लेख गरे।

निशङ्कको यो भनाइ उत्तराखण्डमा साल २०२७ मा हुने विधानसभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला आएको हो। उनको यस बयानलाई संगठनमा आफ्नो सक्रियता र राजनीतिक भूमिकाबारे उठिरहेका प्रश्नहरूको जवाफका रूपमा हेरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande