
कोलकाता, २४ अक्टोबर (हि.स.)। बङ्गालको खाड़ीमा चक्रवातको खतरा बढ्न थालेको छ। समुद्रमा न्यून चापीय क्षेत्र बनिसकेको छ। अलीपुर मौसम विभाग अनुसार, सोमवार बिहानसम्म बङ्गालको खाड़ीमा चक्रवात विकसित हुने सम्भावना छ। त्यसपछि यो बिस्तारै तटतर्फ अघि बढ्नेछ। यसको प्रभावले दक्षिण बङ्गालका ठूला भूभागमा भारी वर्षा र तीव्र आँधी आउने सम्भावना छ। मौसम विभागले यस सम्बन्धमा सतर्कता जारी गरेको छ।
मौसम विभाग अनुसार, शुक्रवार बङ्गालको खाड़ीको पूर्वमध्य भाग र त्यससँग जोड़िएको दक्षिणपूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। यसको वरपर समुद्री सतहदेखि ५.८ किलोमिटरको उचाइमा चक्रवाती परिसञ्चरण सक्रिय छ। यसको प्रभावले शनिवारसम्म न्यून चापीय क्षेत्र थप बलियो हुने सम्भावना छ। त्यसपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै आइतवारसम्म यो गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुनसक्ने अनुमान गरिएको छ।
मौसम विभागको अनुमान अनुसार, सोमवार बिहानसम्म समुद्रमा रहेको गहिरो न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुनसक्छ। त्यसपछि आगामी दुई दिनमा यसको शक्ति अझ् बढ्ने र उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटतर्फ अघि बढ्ने सम्भावना छ। यसको प्रभावले बुधवारदेखि दक्षिण बङ्गालका विभिन्न क्षेत्रमा आँधी र वर्षा हुन सक्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी