
मुम्बई, २४ अक्टोबर (हि.स.)। बलिउड अभिनेता टाइगर श्रफमाथि जुहु स्थित पुष्पा पार्क नजिक भएको गोली प्रहारको घटनामा मुम्बई क्राइम ब्रान्चले गुजरातको सुरतबाट दुई वटा पेस्तोल र १० वटा जिउँदो कारतूस जफत गरेको छ। यस प्रकरणमा पुलिसले हालसम्म १० जना आरोपीलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, घटनाका शूटरहरू कथित रूपमा फोन कल र सन्देश मार्फत आफ्ना ह्यान्डलरको सम्पर्कमा थिए। उनीहरूलाई पुलिसको अनुसन्धान, संदिग्धहरूको पहिचान र पुलिस कारबाही सम्बन्धी जानकारी उपलब्ध गराइएको आशङ्का छ। टेलिभिजनमा प्रसारित समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भीडियोबाट प्राप्त जानकारी आरोपीहरूसम्म पुर्याउने व्यक्तिको खोजी भइरहेको छ।
अनुसन्धान अधिकारीहरूले आरोपीहरूले प्रयोग गरेका डिजिटल सञ्चार माध्यम, तस्बिर, भीडियो तथा कुराकानी सम्बन्धी प्रमाणको जाँच गरिरहेका छन्। अमेरिका पुगेको आशङ्का गरिएका अनिल पण्डित तथा हरियाणाको सोनीपतबाट पक्राउ परेको अङ्कित खट्टर र समीर खत्रीको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ।
उल्लेखनीय छ, अक्टोबर १८ मा जुहुको पुष्पा पार्क क्षेत्रमा टाइगर श्रफमाथि गोली प्रहार भएको थियो। घटनामा अभिनेता सुरक्षित रहे पनि उनका चालक र एक पैदलयात्री घाइते भएका थिए। यस प्रकरणमा भारतीय न्याय संहिता तथा आर्म्स एक्ट अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
/ बिशाल