
अयोध्या, २४ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव एवं उत्तर प्रदेश प्रभारी विनोद तावड़े शनिवार अयोध्या पुगेका छन्। महर्षि वाल्मीकि विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले उनको स्वागत गरे। त्यसपछि उनी श्रीरामललाको दर्शन–पूजनका लागि अयोध्या धामतर्फ प्रस्थान गरेका छन्।
प्रदेश प्रभारी विनोद तावड़ेले श्रीराम मन्दिरमा दर्शन गरेपछि भाजपाका पदाधिकारीहरूसँग सङ्गठनात्मक बैठक गर्नेछन्। बैठकमा जिल्ला प्रभारी तथा जिल्लाध्यक्षहरूसँग सङ्गठनसँग सम्बन्धित विषयमा छलफल हुनेछ।
त्यसपछि अवध क्षेत्रका पदाधिकारीहरूसँग क्षेत्रीय बैठक आयोजना गरिनेछ। क्षेत्रीय बैठकमा कार्यसमितिका सदस्य तथा सबै मोर्चाका अध्यक्षहरू सहभागी हुनेछन्।
अवध क्षेत्रमा बसोबास गर्ने प्रदेशस्तरीय पदाधिकारीहरूको पनि बैठकमा सहभागिता रहनेछ।
प्रवासका क्रममा विनोद तावड़ेले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) परिवार अर्थात् वैचारिक परिवारका सदस्यहरूसँग संवाद बैठक गर्ने कार्यक्रम समेत प्रस्तावित छ।
हिन्दुस्थान समाचार / भवानी थामी