
डिब्रुगढ़ (असम), 28 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार डिब्रुगढ़मा आदिवासी समुदायहरूको भूमि अधिकार संरक्षण सम्बन्धी महत्त्वपूर्ण बैठकको अध्यक्षता गरे। मुख्यमन्त्री डिब्रुगढ़ र तिनसुकिया जिल्लाको दुई दिने भ्रमणमा गएका छन्।
सोशल मिडियामा जानकारी दिँदै मुख्यमन्त्रीले बताए, बैठकमा मिशन बसुन्धराको कार्यान्वयन र आदिवासी क्षेत्रमा भूमि बन्दोबस्तसित सम्बन्धित मुद्दाहरूको समाधानमाथि चर्चा गरियो।
बैठकमा प्रत्येक परिवारलाई अधिकतम 50 बिघा जग्गा बाँडफाँड गर्ने प्रस्ताव अनि मिशन बसुन्धरा 4.0 अन्तर्गत विचाराधिन मुद्दाहरूको पनि समीक्षा गरियो।
यस बैठकको मुख्य उद्देश्य आदिवासी क्षेत्रका भूमि सम्बन्धी समस्याहरूको समाधान गर्नु तथा भूमि समाधान प्रक्रियाको प्रगतिको समीक्षा गर्नु थियो। मुख्यमन्त्रीको भ्रमणका क्रममा दुई जिल्लाका विभिन्न प्रशासनिक तथा विकासका मुद्दाहरूको पनि समीक्षा भइरहेको छ।
--------
/ बिशाल