
गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमसॅंग आज नयॉं दिल्लीस्थित सिक्किम हाउसमा लोक भवनका आयुक्त एवं सचिव जितेन्द्र सिंहले शिष्टाचार भेट गरे। यस भेटका क्रममा राज्यको वर्तमान स्थिति र प्राथमिकताहरूका बारे राज्यपाललाई विस्तृत जानकारी प्रदान गरियो।
लोक भवनका अनुसार, सचिव सिंहले राज्यपाललाई विशेष रूपमा राज्यमा चलिरहेका प्रमुख बुनियादी ढॉंचा विकास परियोजनाहरू, विभिन्न समुदाय तथा कनेक्टिविटी (सड़क, वायु र रेल नेटवर्क) को वर्तमान स्थितिबारे विस्तारसॅंग अवगत गराए। साथै, राज्यको लोक कल्याणकारी योजनाहरू र हरित सिक्किम अन्तर्गत जैविक खेती र पर्यावरण संरक्षणबारे पनि जानकारी दिए।
यसका अतिरिक्त, आयुक्तले राज्यमा शिक्षा र स्वास्थ्य सुविधाहरूको विस्तार, पर्यटन प्रवर्द्धनका प्रयासहरू र भावी प्राथमिकताहरू र योजनाहरूको बारेमा जानकारी दिए। यसैगरी, लोक भवनको प्रशासनिक संचालन र आगामी आधिकारिक कार्यक्रमहरूको रूपरेखाबारे अवगत गराउॅंदै राज्यपालबाट मार्गदर्शन प्राप्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल