
सिलगढ़ी, 28 अक्टोबर (हि.स.)। सिलगढ़ीको एउटा प्रमुख शपिङ्ग मलको चौथो तलाबाट झरेर एकजना युवक गम्भीर रूपमा घाइते भए। घटनापछि मल परिसरमा खैलाबैला मच्चियो। घाइते युवकको पहिचान आयुष चौधरी (19)- को रूपमा भएको छ। उनी डन बोस्को स्कूल नजिकैको एउटा अपार्टमेन्टमा बस्छन्।
प्राप्त जानकारी अनुसार बुधवार आयुष रहस्यमय परिस्थितिमा मलको चौथो तलाबाट तल झरे। घटनापछि घटनास्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भए। सूचना पाएपछि भक्तिनगर पुलिस स्टेशनबाट पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकलाई उपचारका लागि निजी अस्पतालमा पऱ्यायो। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
युवक चौथो तलाबाट कसरी खस्यो भन्ने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। रिपोर्ट दर्ता हुञ्जेलसम्ममा मल व्यवस्थापनबाट पनि कुनै आधिकारिक बयान आएको थिएन। पुलिसले सम्पूर्ण मुद्दाको अनुसन्धान गरिरहेको छ।
/ बिशाल