
-40 वटा वार्डहरूमा 2.70 लाखभन्दा बढ़ी मतदाताहरूले मतदान गर्नेछन्
कछार (असम), 3 अक्टोबर (हि.स.)। नगरपालिकादेखि नगर निगम गठन भएपछि पहिलोपटक सिलचरमा आज नगर निकायको चुनाउ भइरहेको छ। मतदानकर्मीहरू शनिवार भइरहेको यस मतदानका लागि गए शुक्रवारै चुनाउ सामग्रीहरू लिएर आ-आफ्नो मतदान केन्द्रहरूमा पुगिसकेका थिए।
उल्लेख्य, सिलचर नगरनिगममा मोठ 2,70,772 मतदाताहरू छन्। निष्पक्ष एवं शान्तिपूर्ण मतदानका लागि 316 वटा मतदान केन्द्रहरू स्थापना गरिएको छ।
मोठ 42 वटा वार्ड रहेको नगरनिगमको 40 वटा वार्डमा मतदान भइरहेको छ भने दुई वटा वार्डमा उम्मेद्वारहरू निर्विरोध निर्वाचित भइसकेका छन्। आज बिहान 7ः30 बजेदेखि मतदान शुरु भयो। मतदान प्रक्रिया साँझ 4 बजेसम्म चल्नेछ। यसको मतगणना आगामी 6अक्टोबरमा हुनेछ।
चुनाउ प्रक्रियाको लागि मोठ 1,212 मतदानकर्मीहरूलाई तैनाथ गरिएको छ जसमा 10 वटा यस्ता मतदान केन्द्रहरूलाई पनि समावेश गरिएको छ जसलाई पूर्ण रूपमा महिला कर्मचारीहरूले सञ्चालन गरिरहेका छन्। संवेदनशील केन्द्रहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ।
शान्तिपूर्ण मतदानका लागि मतदान केन्द्रहरूलाई संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरिएको छ। अति संवेदनशील केन्द्रहरूमा सशस्त्र प्रहरीहरूलाई तैनाथ गरिएको छ। कुनै पनि अप्रिय स्थितिको तत्काल सामना गर्नको लागि तथा मतदाताहरूको सुरक्षा सुनिश्चित गर्नको लागि क्विक रेसपोन्स टीमले चौबिसै घण्टा शहरभरि निगरानी राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा