पिङ्गलामा तस्करको चङ्गुलबाट पाँच वटा गाई उद्धार, दुई जना हिरासतमा
पिंगला में जब्त गाय


पश्चिम मेदिनीपुर, 03 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको पिङ्गलामा गए शुक्रवार साँझ पुलिसले गाई तस्करी हुनदेखि रोक्दै पाँच वटा गाईलाई जफत गरेको छ। टोटोमा सवार दुई जना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ।

घटना गए शुक्रवार साँझ पिङ्गला खण्डको पिङ्गला किसान मण्डीको छेउमा भएको हो। पुलिस सूत्र अनुसार जामनाबाट एउटा टोटोमा पाँच वटा गाईलाई पिङ्गलातिर लगिरहेको थियो। तस्करी गर्ने उद्देश्यले गाईहरूलाई लगिरहेको पुलिसलाई सूचना प्राप्त भएको थियो। त्यसपछि पुलिसले टोटोलाई पिङ्गला किसान मण्डी नजिकै रोकेर जाँच गऱ्यो।

टोटोमा सवार दुई जना मानिसहरूलाई सोधपुछ गरिएयो। पुलिसले गाईहरूलाई कहाँबाट ल्याइएको थियो र कहाँ लगिरहेको थियो साथै सम्बन्धित दस्तावेज देखाउन भनियो। पुलिस सूत्रको दाबी अनुसार दुवैले नै सही दस्तावेज पेश गर्न सकेनन्।

त्यसपछि पलिसले पाँचै वचा गाई सहित टोटोलाई पुलिस थानामा लिएर गयो भने दुवै मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ शुरू गरेको छ। पिङ्गला थानाको पुलिसले गाईहरूको वैध स्वामित्व तथा त्यसको परिवहनसित सम्बन्धित दस्तावेजहरूको जाँच गरिरहेको छ। साथै, गाईहरूलाई कहाँबाट ल्याइएको थियो र कहाँ लगिरहेको थियो, यसको पनि जानकारी जुटाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande