गाई चोरीको आरोपमा सामूहिक धुलाई,  एकजनाको मृत्यु, तीनजना घाइते
गाई चोरीको आरोपमा सामूहिक धुलाई,  एकजनाको मृत्यु, तीनजना घाइते


सिलगढ़ी, 3 अक्टोब (हि.स.)। सिलगढ़ीको बागडोगरा क्षेत्रमा गाई चोरीको आरोपमा एक जना युवकको सामूहिक धुलाईमा मृत्यु भएको सन्त्राषपूर्ण मामिला शनिवार सार्वजनिक भएको छ। यस घटनामा अन्य तीनजना युवकहरू गम्भीर घाइते भएका छन् जसलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको छ।

जानकारीअनुसार पाँच जनाको समूह शनिवार बिहान पिकअप भ्यान लिएर बागडोगराको ताराबारी क्षेत्रमा पुगेको थियो। यसै अवधि उनीहरूले गाई चोर्न खोजेको आरोप लगाइएको छ। स्थानीयहरूले उनीहरूलाई समाते भने पिकअप भ्यानमा आगो लगाइदिए।

भनिन्छ, केही समयपछि अर्को वाहनबाट थप केही मानिसहरू घटनास्थलमा पुगे। उनीहरूलाई पनि स्थानीयहरूले समाते। त्यसपछि उनीहरूमाथि कुटपिट गरियो जसमा एकजना युवकको मृत्यु भयो।

सूचना पाएर माटीगाड़ा र बागडोगरा थानाको पुलिसले घटनास्थलमा पुगेर तीन जना मानिसहरूलाई हिरासतमा लियो। यसैबीच पानीघाटा चौकीको पुलिसले पनि एक जना मानिसलाई हिरासतमा लिएको छ। पुलिसले घटनास्थलमा जलेको पिकअप भ्यान र क्षतिग्रस्त वाहनलाई जफत गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान कार्य शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande