पर्यटकहरूको लागि खोलियो  काजीरङ्गा राष्ट्रिय निकुञ्ज
File photo: Kaziranga National Park फाइल फोटो: काजीरंगा नेशनल पार्क


गुवाहाटी, 3 अक्टोबर (हि.स.)। असमको प्रसिद्ध काजीरङ्गा राष्ट्रिय निकुञ्ज शनिवारदेखि पर्यटकहरूको लागि खोलिएको छ। नयाँ पर्यटन सत्रको शुरूआतसितै देश-विदेशका पर्यटक एवं वन्यजन्तु प्रेमीहरूका लागि राष्ट्रिय निकुञ्जमा पर्यटन गतिविधिहरू शुरु भएका छन्।

असमका वन तथा वातावरण मन्त्री जयन्त मल्ल बरुआ एवं मन्त्री अतुल बोराको उपस्थितिमा यस राष्ट्रिय उद्यानलाई पर्यटकहरूको लागि औपचारिक रूपमा खोलियो। यो उद्यान एक सिङ्गै गैंडा र समृद्ध जैविक विविधताको लागि विश्वव्यापी रूपमा प्रसिद्ध छ।

उद्यान खोलिनसाथ यहाँ जीप सफारी सहित विभिन्न पर्यटन गतिविधिहरू शुरु भएका छन्। नयाँ पर्यटन सिजनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने अपेक्षा गरिएको छ। काजीरङ्गा पुनः खोलिनाले स्थानीय पर्यटन, होटल, यातायात तथा अन्य सम्बद्ध व्यवसायलाे पनि प्रोत्साहन पाउने सम्भावना छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande