पश्चिम बङ्गालमा उमसपूर्ण मौसम, विभिन्न जिल्लामा तापक्रम बढ्यो
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 03 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा अक्टोबर महिना शुरू भए पनि आद्रतापूर्ण गर्मीबाट मानिसहरूले राहत पाइरहेका छैनन्। शनिवार बिहानदेखि नै पश्चिम मेदिनीपुर, पूर्व मेदिनीपुर, खड़गपुर तथा बीरभूम सहित दक्षिण बङ्गालका धेरै वटा जिल्लाहरूको वायुमण्डलमा उच्च आद्रताका कारण गर्मी महसूस भइरहेको छ। तापक्रम अपेक्षाकृत सामान्य भए तापनि उच्च आद्रताले मानिसहरूलाई वास्तविक तापमानभन्दा अधिक गर्मी महसूस गराइरहेको छ।

अलिपुर मौसम विभाग अनुसार दक्षिण बङ्गालका धेरै भागहरूमा शनिवार अधिकतम तापक्रम 32 देखि 36 डिग्री सेल्सियसको बीचमा रहने सम्भावना छ। बिहानको समयमा कतिपय क्षेत्रहरूमा अधिक आद्रताको कारणले आद्रताजन्य गर्मी हुनेछ। दिन बित्दै गएपछि घामचर्को हुनाले गर्मी झन् बढ़्नसक्छ। पश्चिम र पूर्व मेदिनीपुरसँगै खडगपुर क्षेत्रमा पनि बिहानदेखि नै आद्रताको प्रभाव देखिँदैछ।

कोलकाता र छेउछाउका क्षेत्रहरूमा पनि बिहान वातावरणमा नमी अधिक रह्उयो। तथापि सम्पूर्ण दक्षिण बङ्गालमा मौसम एउटै रहनेछैन। । केही क्षेत्रहरूमा मेघ गर्जनसितै हल्का वर्षा हुनसक्छ अलिपुर मौसम विभागले अक्टोबर 3 र 4- मा दक्षिण बङ्गालका केही भागहरूमा स्थानीय स्तरमा मौसम परिवर्तन हुने पूर्वानुमान व्यक्त गरेको छ।

उत्तर बङ्गालका जिल्लाहरूमा पनि मौसममा स्थानीय स्तरमा भिन्नताहरू देख्न सकिन्छ। पहाड़ एवं तराईमा बादल लाग्ने अनि हल्का वर्षा हुने स्थितिमा दक्षिण बङ्गालको मैदानी क्षेत्रमा हाल आद्रता र गर्मीको प्रभाव अधिक रहने सम्भावना छ।

मौसम विभाग अनुसार तापमानमा तत्कालै ठूलो ह्रास आउने कुनै सम्भावना छैन। त्यसैले दक्षिण बङ्गालका धेरै वटा भागहरूमा गर्मीसितै आद्रता पनि कायम रहनसक्छ। दिउँसो चर्को घाम तथा अधिक आद्रताको कारणले मानिसहरूलाई दिउँसो केही असहज महसूस हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande