सीईसी विरुद्ध प्रदर्शनलाई लिएर चेन्नईमा इन्डी गठबन्धनको बैठक, पहिलो पटक टीवीकेको सहभागिता
इंडिया गठबंधन के दलों की सलाहकार बैठक


चेन्नई, 0३ अक्टोबर (हि.स.)। देशका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्ध प्रस्तावित विरोध प्रदर्शनलाई लिएर चेन्नईमा शनिवार विपक्षी भारतीय राष्ट्रिय विकासात्मक समावेशी गठबन्धन (इन्डी) दलहरूको परामर्श बैठक सम्पन्न भयो। चेन्नई स्थित सत्य भवनमा बिहान लगभग ११ बजी शुरु भएको बैठकमा तमिलगा वेत्रि कझगम (टीवीके) ले पहिलो पटक सहभागिता जनाएको छ।

बैठकमा तमिलनाडु कांग्रेस कमिटीका अध्यक्ष माणिक्कम टैगोर, वीसीके अध्यक्ष थोल. थिरुमावलवन, एमडीएमके अध्यक्ष वाइको, मार्क्सवादी कम्युनिस्ट पार्टीका राज्य सचिव पी. शनमुगम, टीवीके नेता आधव अर्जुन तथा मुस्लिम लिगका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा प्रस्तावित विरोध कार्यक्रम तथा त्यससँग सम्बन्धित विषयमा छलफल गरिएयो। विपक्षी दलहरूले विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियालाई लिएर निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूको आरोप छ कि यस प्रक्रियाका क्रममा ठूलो संख्यामा मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको छ।

उल्लेखनीय छ, यसअघि नीट प्रश्नपत्र लीकको विषयलाई लिएर दिल्लीको जन्तर-मन्तरमा विरोध प्रदर्शन गरिएको थियो। त्यसपछि आम आदमी पार्टी, भारतीय छात्र संघ, भारतीय राष्ट्रिय छात्र संघ तथा अखिल भारतीय छात्र संघ लगायत विभिन्न संगठनहरूले गान्धी जयन्तीका दिन मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै दिल्लीमा प्रदर्शनको आह्वान गरेका थिए। प्रदर्शनको प्रयासका क्रममा धेरै व्यक्तिलाई हिरासतमा लिइएको थियो।

चेन्नईमा आज भएको बैठकमा आगामी कार्यक्रम तथा विभिन्न दलबीच समन्वयका विषयमा विचार-विमर्श गरियो। बैठकमा टीवीकेको पहिलो सहभागितालाई प्रमुख राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande