
- शिवराज सिंह चौहानले ३१ अक्टोबरमा रायपुरमा पदयात्रा गर्ने
रायपुर, 30 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डा, केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहान र भाजपाका राष्ट्रिय प्रवक्ता एवं सांसद डा. सुधांशु त्रिवेदी आज छत्तीसगढ भ्रमणमा आउनेछन्। यस क्रममा तीनै जना नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। नड्डाले आज दुर्गमा जनसभालाई सम्बोधन गर्नुका साथै पदयात्रामा सहभागी हुनेछन् भने केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहान ३१ अक्टोबरमा रायपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।
निर्धारित कार्यक्रमअनुसार, नड्डा आज दिउँसो १ बजी रायपुर पुग्नेछन्। विमानस्थलबाट उनी सिधै सिभिल लाइन्सस्थित मुख्यमन्त्री निवास जानेछन्। त्यसपछि अपराह्न ३ः१५ बजी दुर्गका लागि प्रस्थान गर्नेछन्। त्यहाँ महेश कोलोनी (पुलगाउँ) मा आयोजित जनसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि अपराह्न ४ बजी भाजपाको ‘लोकतन्त्र बचाऔँ-अराजकता हटाऔँ’ अभियानअन्तर्गत महेश कोलोनीदेखि गञ्जपारा चोक, दुर्गसम्म आयोजना गरिने पदयात्रामा सहभागी हुनेछन्।
केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहान ३० अक्टोबरमा साँझ ७ बजी रायपुर पुग्नेछन्। उनी ३१ अक्टोबरमा बिहान १० बजी राजधानीस्थित भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गतको राष्ट्रिय जैविक तनाव व्यवस्थापन संस्थानद्वारा आयोजित ‘खेत बचाऔँ’ अभियान तथा वृक्षरोपण कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दिउँसो १ः३० बजी नेताजी सुभाष स्टेडियमदेखि तेलीबान्धा मरीन ड्राइभसम्म आयोजना गरिने पदयात्रामा सहभागी हुनेछन्। उक्त पदयात्रा भाजपाको ‘लोकतन्त्र बचाऔँ-अराजकता हटाऔँ’ अभियानअन्तर्गत आयोजना गरिँदैछ।
यसैगरी, भाजपाका राष्ट्रिय प्रवक्ता डा. सुधांशु त्रिवेदी पनि आज दिउँसो १ बजी रायपुर पुग्नेछन्। आफ्नो छत्तीसगढ भ्रमणका क्रममा उनी राजधानीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी