
सिलगढ़ी, 4 अक्टोबर (हि.स.)। केन्द्रिय शिक्षा राज्यमन्त्री सुकान्त मजुमदार आइतवार कोलकाताबाट बागडोगरा एयरपोर्टमा आइपुगेका छन्। उनी एक प्रशासनिक बैठकमा भाग लिन सिक्किम जाने क्रममा यहाँ आएका हुन्।
बागडोगरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा मन्त्री सुकान्त मजुमदारले ममता ब्यानर्जीको खुट्टामा लागेको चोटको पुनः छानबिन गराउने मुद्दामा भने, भाजपाले यस विषयमा पहिला नै प्रश्न उठाउँदै आएको छ। उनले दाबी गरे, त्यस दिन खुट्टा भाँचिएको थिएन। मड्किएको वा चोट लागेको हुन सक्छ, तर खुट्टा भाँचिएको कुरा सत्य होइन।
लोकसभाको स्थायी समितिबाट तृणमूल कङ्ग्रेसका सांसद डोला सेन र कीर्ति आजादलाई हटाइएको प्रश्नमा केन्द्रिय मन्त्रीले भने, चुनाउमा पराजय भएपछि विपक्षी खेमा दुई भागमा विभाजित भएको छ। उनले भने, लोकसभाका समितिहरू मुख्यतया सदस्यहरूको सङ्ख्याको आधारमा गठन गरिन्छ भने स्पीकर तथा केन्द्र सरकारको प्रक्रिया अनुसार समितिहरू गठन गरिन्छ।
यसैबीच उत्तर बङ्गाल विश्वविद्यालयमा पछिल्लो लामो समयदेखि कुलपतिको पद खाली रहेको विषयमा सुकान्त मजूमदारले भने, यो धेरै पुरानो समस्या हो र यस विषयमा शिक्षा मन्त्रीसँग पनि छलफल भएको छ। अघिल्लो सरकारको कार्यकालमा राज्यपाल र राज्य सरकारबीच भएको विवादको कारणले यस्तो अवस्था उत्पन्न भएको थियो। अब यस विषयमा केन्द्र र राज्यबीच कुनै विवाद नभएको कुरा उच्च अदालत र सर्वोच्च अदालतलाई बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा