दिल्लीको रामलीला प्रभु श्रीरामका संस्कारहरूको जीवन्त परम्परा होः रेखा गुप्ता
मुख्यमंत्री जन सेवा सदन में दिल्ली की विभिन्न रामलीला समितियों के सदस्यों से रविवार को  मुलाकात करती मुख्यमंत्री रेखा गुप्ता


मुख्यमंत्री जन सेवा सदन में दिल्ली की विभिन्न रामलीला समितियों के सदस्यों से रविवार को  मुलाकात करती मुख्यमंत्री रेखा गुप्ता


नयाँ दिल्ली, 04 अक्टोबर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भने, दिल्लीको रामलीला हाम्रो आस्था, हाम्रो संस्कृति र पुर्खौंदेखि चलिआएको भगवान श्री रामका संस्कारहरूको जीवन्त परम्परा हो। उनले आइतवार मुख्यमन्त्री जनसेवा सदनमा दिल्लीका विभिन्न रामलीला समितिका सदस्यहरूसित भेट गरिन्।

सबैले आ-आफ्नो रामलीला हेर्न निम्तो दिएको मुख्यमन्त्रीले जानकारी गराइन् । उनले भनिन्, गत वर्ष हाम्रो सरकारले रामलीलाका कार्यक्रमहरूलाई सहज बनाउनको लागि एकल विण्डो प्रणालीबाट समयबद्ध एनओसी र उच्च-स्तरीय समन्वयको व्यवस्था गरेको थियो। यस वर्ष यी व्यवस्थाहरूलाई नै अझ प्रभावकारी बनाएर सबै सम्बन्धित विभागहरूबीच उच्च समन्वय सुनिश्चित गरिँदैछ। हाम्रा जन प्रतिनिधिहरू पनि रामलीला समितिहरूसँग निरन्तर सम्पर्कमा रहनेछन्।

मुख्यमन्त्रीले भनिन्, प्रभु श्रीरामको कथा दिल्लीमा पूर्ण गौरव एवं भव्यताको साथमा गुञ्जियोस्, रामलीलाहरूको योआयोजन सुगम तथा सनातनको यो पुण्य परम्परा पुस्तौंसम्म सशक्त रहोस् भन्ने हेतूले दिल्ली सरकार पूर्ण प्रतिबद्धताको साथमा उभिएको छ। राम हाम्रो आस्था, हाम्रो आदर्श र भारतका आत्मा हुन्।

उल्लेख्य, दिल्ली सरकारले दिल्लीमा आगामी दिनमा मनाइने रामलीला, दुर्गा पूजा र छठ पूजाको लागि तीन वटा छुट्टै विशेष समितिहरू गठन गरेको छ। यी समितिहरूले सम्बन्धित चाड़-पर्वहरूको लागि स्थलहरूको समीक्षा र अन्तिम रूप दिनका साथै आवश्यक नागरिक सुविधाहरू, सुरक्षा, यातायात, सर-सफाई, बिजुली, चिकित्सा र अन्य व्यवस्थाहरूको निगरानी तथा समन्वय गर्नमा महत्त्वपूर्ण भूमिका निभाउनेछन्।

दिल्लीमा हुने रामलीलाका लागि स्थल र तयारीको समीक्षा साथै त्यसलाई अन्तिम रूप दिनको लागि गठित समितिका अध्यक्ष समाज कल्याण, अनुसूचित जाति एवं जनजाति कल्याण, सहयोग र निर्वाचन मन्त्री रवीन्द्र इन्द्राज सिंहलाई बनाइएको छ। समितिमा सदस्यहरूको रूपमा विधायक अशोक गोयल, विधायक अनिल कुमार शर्मा, विधायक श्याम शर्मा, विधायक सञ्जय गोयल र विधायक सन्दीप सहरावतलाई सामेल गरिएकोछ। यस अतिरिक्त राजस्व-सह-मण्डल आयुक्त (डिभीजनल कमिश्नर) लाई यसको सदस्य सचिव बनाइएको छ। समितिको प्रमुख जिम्मेवारी सम्बन्धित जिल्ला मेजिस्ट्रेटको कार्यालय मार्फत एकल विण्डो प्रणाली अन्तर्गत आवश्यक एनओसी जारी गर्नु हो। यसका साथै रामलीला स्थलमा पिउने पानी, चिकित्सा सहायता, एम्बुलेन्स सेवा, फायर सर्भिस, सुरक्षा, मोबाइल शौचालय, ट्राफिक व्यवस्थापन, सफाई र फगिङ आदिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने जिम्मेवारी पनि समितिको दायरामा पर्छ। समितिले आयोजन स्थलमा बिजुली जड़ान र निर्बाध बिजुली आपूर्ति पनि सुनिश्चित गर्नेछ।

समितिले रामलीला आयोजनको माध्यमबाट वातावरण संरक्षण, भोकल फर लोकल, स्वच्छता, जल संरक्षण, स्वदेशी, नशा मुक्त भारत अभियान र सार्वजनिक महत्त्वका अन्य विषयहरूसँग सम्बन्धित सन्देशहरू प्रवर्द्धन गर्न पनि काम गर्नेछ। यसबाहेक समितिले आवश्यकता अनुसार आफ्नो दायरामा अन्य कुनै विषय वा मुद्दा पनि समावेश गर्न सक्छ।

यसबाहेक दुर्गा पूजा र छठ पूजाका लागि कला तथा संस्कृति भाषा मन्त्री कपिल मिश्रको अध्यक्षतामा समिति गठन गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande