गुवाहाटीको प्रत्येक वार्डमा पुस्तकालय स्थापना हुनेछ, मोठ 60 वटा पुस्तकालयहरू स्थापना गर्ने योजना
The Illustration shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 04 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार गुवाहाटीका जनताका लागि 60 वटा नयाँ पुस्तकालय स्थापना गर्ने योजना रहेको जानकारी गराए। मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टको माध्यमबाट बताए, गुवाहाटीको प्रत्येक वार्डमा एउटा-एउटा पुस्तकालय स्थापना गर्ने कामलाई अगाड़ि बढ़ाइँदैछ।

मुख्यमन्त्री अनुसार यी पुस्तकालयहरू गुवाहाटी नगरनिगम र भारतीय स्टेट ब्याङ्कको संयुक्त प्रयासबाट निर्माण गरिने छ। उनले भने, प्रस्तावित पुस्तकालयहरू ज्ञान आर्जन , चिन्तन एवं रचनात्मक गतिविधिहरूको नयाँ केन्द्रमा विकसित हुनेछ।

डा. सरमाले भने, एउटा राम्रो पुस्तक र एउटा राम्रो पुस्तकालय समाजलाई अझ बढ़ी जागरूक एवं ज्ञानवान बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नछ। उनले भने, गुवाहाटीको हरेक वार्डमा पुस्तकालयको सुविधा पुऱ्याउने यो पहल विशेष रूपमा महत्त्वपूर्ण छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande