
गुवाहाटी, 04 अक्टोबर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको प्रचार गर्ने क्रममा असम प्रदेश कङ्ग्रेस कमिटीका अध्यक्ष गौरव गोगोईको चुनावी बैठकमा एआईयूडीएफको समर्थकमा नारा लगाइएको घटना सार्वजनिक भएको छ। बैठकमा कथित रूपमा एआईयूडीएफ जिन्दाबाद- को नारा लगाइयो। यसपछि केही मानिसहरूले कङ्ग्रेसविरुद्ध आक्रोश व्यक्त गर्दै कार्यक्रमस्थलमा राखिएका कुर्सीहरू तोड़फोड़ गरेको दाबी गरिएको छ।
घटनाको बारेमा लगाइएका आरोपहरू अनुसार कङ्ग्रेस नेताहरू चुनावी बैतरणी तर्ने उद्देश्यले राती लाहरीघाटका विधायक अशिफ नजरको निवासमा पुगेका थिए भने स्थानीय मौलवी (धर्मगुरु) हरूको समर्थन प्राप्त गर्ने प्रयास गरिएको थियो। यद्यपि, यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
उल्लेख्य, नगाउँ लोकसभा उपचुनाउको लागि मतदान आगामी 6 अक्टोबरमा हुनेछ भने आइतवार प्रचारको अन्तिम दिन हो। चुनावी मैदानमा भाजपाका देवाशिष शर्मा, कङ्ग्रेसकी शिवामणि बोरा र एआई.यूडीएफका बद्ररूद्दीन अजमल समेत अन्य उम्मेद्वारहरू छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा