
गुवाहाटी, 04 अक्टोबर (हि.स.)। उत्तर-पूर्वी फ्रन्टियर रेलवे (एनएफआर) ले प्रविधि आधारित प्रणाली, उच्च निगरानी एवं वन विभागसँग निकट समन्वयको माध्यमबाट रेल-हात्तीको ठक्करलाई रोक्ने आफ्ना प्रयासहरूलाई बढ़ाएको छ। पछिल्जलो नवरीदेखि सेप्टेम्बर, 2026 बीच पूसीरका कर्मचारीहरूले समयमै गरेको कारबाहीबाट विभिन्न मण्डलहरूमा 255 वटा हात्तीहरूको ज्यान बच्यो। तीमध्ये अलिपरद्वार डिभीजनमा 106, रङ्गियामा 14, लुमडिङमा 122 र तिनसुकिया डिभीजनमा 15 वटा हात्ती सामेल थिए।
पुसीरेले संवेदनशील क्षेत्रहरूमा रेल-हात्तीको ठक्करलाई रोक्नको लागि केही सक्रिय र प्रविधि आधारित कदमहरू चालेको छ। यसमा डिस्ट्रिब्युटेड एकोस्टिक सिस्टम (डीएएस) टेक्नोलोजी प्रयोग गरेर एआई-आधारित इन्ट्रुजन डिटेक्सन सिस्टम (आईडीएस) स्थापना गर्नु सामेल छन् जसले रेलवे ट्र्याक नजिकै हात्तीको गतिविधिको बारेमा तत्कालै चेतावनी प्रदान गर्छ।
अन्य बचाउने उपायहरूमा हात्ती देखिए रात्रिकालीन र अस्थायी रूपमा गतिमाथि रोक लगाउनु, उच्च गस्ती, रेल चालक दलका सदस्यहरूलाई जागरूक गराउनु, चेताउनीपूर्ण सङ्केतहरू लगाउनु, झाडीहरू हटाउनु तथा वन विभागसँग समयमै समन्वय गर्नु समावेश छ। रेलवे ट्र्याकबाट हात्तीहरूलाई टाड़ा राख्नको लागि मौरीहरूको चर्को ध्वनिलाई प्रयोग गर्ने प्लान बी सिस्टमलाई पनि संवेदनशील क्षेत्रहरूमा जड़ान गरिएको छ। पूसीरीले वन्यजन्तुहरूको सुरक्षित आवागमन र हात्तीहरूलाई रेल ट्रयाकदेखि टाढा राख्नको लागि चयनित स्थानहरूमा अण्डरपास पनि बनाएको छ।
पूसीरेले रेल चालक दल, रेलवे कर्मचारी, प्यान्ट्री कारका कर्मचारी तथा यात्रुहरूलाई निरन्तर जागरूक गराइरहेको छ ताकि रेलको ट्र्याक वरपर खानपानका अवशिष्टहरू नफालियोस्, किनभने यसबाट हात्ती र अन्य जीवहरू आकर्षित हुन सक्नेछन्। वन विभागसँग निरन्तर समन्वय र रियल-टाइम सम्वादबाट हात्तीहरूको आवागमन बारे पत्तो लगाइए समयमै कारबाही गर्न सहज हुनेछ।
रेल-हात्ती ठक्करसित सम्बन्धित सबै मामिलाहरूलाई गम्भीर रूपमा लिइन्छ भने तोकिएको सुरक्षा प्रक्रियाहरू अनुसार अनुसन्धान गरिन्छ। पूसीरेले उत्तर-पूर्वमा सुरक्षित र सहज रेल सञ्चालन सुनिश्चित गर्दै हात्तीको सुरक्षाको लागि प्रविधि आधारित निगरानी, धरातलीय स्तरमा सतर्कता अनि वन्यजन्तु अधिकारीहरूसँग समन्वयलाई निरन्तर सुदृढ बनाइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा