
गुवाहाटी, 04 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले आइतवार भने, राज्य सरकार गाईवस्तु चोरी तथा तस्करी गिरोहलाई पूर्ण रूपले उन्मूलन गर्न प्रतिबद्ध छ।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल पोस्टमा बताए, गए शनिवार फकिरगञ्ज, गौरीपुर, धुबरी र बिलासिपाड़ा थाना क्षेत्रमा पुलिसद्वारा गरिएको कारबाहीमा डुङ्गा सहित 24 वटा गाईवस्तुहरूलाई जफत गरियो.
गाईवस्तु चोरी र अवैध तस्करीविरुद्ध राज्यमा निरन्तर कारबाही भइरहेको अवगत गराउँदै मुख्यमन्त्रीले स्पष्ट पारे, असममा कुनै पनि प्रकारको अपराध एवं अपराधीहरूको लागि कुनै छुट छैन। सबैमाथि कानुन अन्तर्गत कडा कारबाही जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा