
नयाँ दिल्ली, 04 अक्टोबर (हि.स.)। नयाँ दिल्लीमा गए 3 अक्टोबरको दिन भएको प्रदर्शन अवधि कानुन-व्यवस्था बिग्रिएको स्थितिमा तीन जना महिला पत्रकारहरूले पुलिस अधिकारीमाथि यौन उत्पीडन गरेको आरोप लगाए। यस घटनाको विरोधमा आम आदमी पार्टी (आआप)- ले संसद मार्ग पुलिस थाना बाहिर प्रदर्शन गऱ्यो। पुलिसले यस मामिलालाई निष्पक्ष अनुसन्धानको लागि अपराध शाखालाई सुम्पिदिएको छ।
आम आदमी पार्टीका दिल्ली राज्य संयोजक सौरभ भारद्वाज र पार्टी कार्यकर्ताहरूले आज संसद मार्ग पुलिस चौकी बाहिर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले विरोध प्रदर्शनको क्रममा तीन जना महिला पत्रकारसित कथित रूपमा भएको यौन उत्पीडनको मामिलामा एफआईआर दर्ता गर्ने माग गरे।
सौरभ भारद्वाजले भने, पुलिस थाना र अस्पताल 24 घण्टा खुल्ला राख्नुपर्छ। प्रश्न उठाए, पुलिस थानालाई कसरी बन्द गर्न सकिन्छ? उनले भने, कुनै व्यक्ति सिकायत दर्ता गराउन तथा जवाफदेही माग्न आए पुलिस थाना नै बन्द गर्नु, यो उचित होइन। पुलिस थानामा जाने सबै सड़कहरूलाई समेत अवरुद्ध गरिएको उनले आरोप लगाए।
आम आदमी पार्टीका विधायक कुलदिप कुमारले भने, उजुरी कहाँ लिइएको छ र अहिलेसम्म किन एफआईआर दर्ता गरिएको छैन। उनले भने, एफआईआर दर्ता गर्नु जनताको अधिकार हो भने अदालतले पनि यो अधिकारलाई मान्यता दिन्छ। न्याय पाउनको लागि प्रत्येक व्यक्तिले विरोध गर्नुपर्छ, उनले प्रश्न गरे।
दिल्ली पुलिसका अनुसार गत 3 अक्टोबरमा नयाँ दिल्ली क्षेत्रमा भएको विरोध प्रदर्शनको क्रममा तीन जना महिला पत्रकारहरूले कानुन-व्यवस्था बिग्रिएको अवस्थामा पुलिस अधिकारीहरूमाथि यौन उत्पीडन गरेको आरोप लगाएका थिए। उनीहरूको उजुरी नयाँ दिल्ली जिल्ला प्रशासनले प्राप्त गरिसकेको छ जसलाई निष्पक्ष अनुसन्धानको लागि अपराध शाखालाई हस्तान्तरण गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा