प्रचारको अन्तिम दिन भाजपाले नगाउँका 2,309 बूथहरूमा पदयात्रा  निकाल्यो
असम भाजपा Assam BJP


गुवाहाटी, 04 अक्टोबर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको प्रचार गर्ने आइतवार अन्तिम दिन भाजपाले सम्पूर्ण लोकसभा निर्वाचन क्षेत्रका 2,309 बूथहरूमा पदयात्रा आयोजना गऱ्यो। हजारौँ पार्टी कार्यकर्ता, समर्थक र मतदाताहरू हातमा भगवा झण्डा लिएर सड़कमा उत्रिए अनि प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री डा. हिमन्त विश्व सरमा, भाजपा प्रदेश अध्यक्ष दिलीप सैकिया, भाजपा तथा एनडीए उम्मेद्वार देबाशिष शर्माको समर्थनमा नारा लगाए।

भाजपाका प्रदेश अध्यक्ष दिलीप सौकिया, मन्त्री जयन्त मल्लबरुवा र शशिकान्त दास राहामा आयोजित पदयात्रामा सहभागी भए भने एनडीएका उम्मेद्वार देवाशिष शर्मा मेराबाड़ीमा भएको कार्यक्रममा सहभागी भए जबकि प्रदेश भाजपाका सङ्गठन महासचिव रवीन्द्र राजू नगाउँ शहरमा उपस्थित भए।

विधायक प्रद्युत बोरदलै वोटाइपाथरी र ननैमा आयोजित कार्यक्रममा सहभागी भए भने विधायक दिप्लुरञ्जन शर्मा समगुरीमा, विधायक रमाकान्त देउरी र पल्लव लोचन दास मोरी गाँउमा आयोजित कार्यक्रममा अनि विधायक रूपक शर्माले युवा मोर्चाको बाइक ऱ्यालीमा भाग लिए।

मन्त्री पीयूष हजारिकाले लाहरीघाट अनि जागीरोड विधानसभा निर्वाचन क्षेत्रमा धेरै वटा चुनावी सभाहरूलाई सम्बोधन गरेर देबाशिष शर्माको पक्षमा प्रचार गरे।

बूथ स्तरमा आयोजित पदयात्रामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता देखियो, भाजपाको एक विज्ञप्तिमा भनिएको छ। पार्टीले यसलाई आफ्नो निर्वाचन अभियानको अन्तिम दिन व्यापक सङ्गठनात्मक गतिविधि बताएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande